×

फाईल फोटो

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका – १ मा पर्ने जमुनिया खोलाबाट नदीजन्य पदार्थको उत्खनन र निकासीमा रोक लगाइएको छ ।

वडा कार्यालयले बोर्ड बैठक बैठक गरेर खोलामा रहेका बालुवा, गिट्टी र ढुङ्गा गाउँपालिकाको साझा सम्पत्ति रहेकाले यसलाई जोगाउनु सबैको नैतिक कर्तव्य भएकाले खोलाबाट कुनै पनि नदीजन्य पदार्थको उत्खनन र निकासी पैठारीमा रोक लगाउने निर्णय गरेको हो ।

वडाध्यक्ष वासुदेव महतो थारुले एक सूचना जारी गर्दै वडाको बोर्ड बैठकले गरेको निर्णय बारे जानकारी समेत गराएका छन् । भदौ २९ गतेको बोर्ड बैठकले यस्तो निर्णय गरेको सूचनामा उल्लेख छ । 

उत्खननमा रोग लगाएपछि कसैले खोलाबाट उत्खनन वा निकासी पैठारी गरे ट्याक्टरलाई १० हजार रुपैयाँ र ट्रिपरलाई ३० हजार रुपैयाँ जरिबानाका साथै कानुन अनुसारको कारबाही पनि गरिने सूचनामा उल्लेख छ ।

यद्यपि खोलाहरूमा उत्खननमा रोक लागे पनि तस्करहरूले नदी र खोलाबाट अवैध रूपमा उत्खनन जारी नै राखेको बुझिएको छ । स्थानीय प्रहरी, प्रशासन र जनप्रतिनिधिहरूलाई आफ्नो प्रभावमा पारेर उनीहरूले खोलाको उत्खनन जारी राखेको बुझिएको छ ।

Back to top