×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर बजारस्थित एक घरबाट प्रहरीले १२ जना जुवाडेलाई नगद रकम र ताससहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारेर १२ जनालाई नियन्त्रणमा लिएको हो। घटनास्थलबाट नगद ४१ हजार ३३५ रुपैयाँ र पाँच बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको नाम र ठेगाना भने हालसम्म सार्वजनिक गरिएको छैन। प्रहरीले उनीहरूलाई हिरासतमा राखी आवश्यक अनुसन्धान तथा प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

Back to top