×

एआइको सहयोगबाट तयार पारिएको साङ्केतिक तस्बिर ।

वीरगञ्ज । नेपाली बजारमा सुनको मूल्य एकै दिन उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रवार सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण सुनको मूल्यमा उच्च वृद्धि भएको बताइएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार १ सय ९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आउने परिवर्तनले नेपाली बजारलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको व्यवसायीहरू बताउँछन् । पछिल्लो वृद्धि पछि बजारमा कारोबार तथा खरिद–बिक्रीमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ ।

Back to top