वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वास्थित एक पसलमा गएराति चोरी भएको छ। स्थानीय राजेश गोदारको पसलमा चोरी भएको प्रहरीले जनाएको छ।
गोदार उपचारको लागि भारतको बेतिया गएको मौका छोपी चोरले माथिल्लो तलाको ढोका फोडेर घरमा प्रवेश गरेका थिए। भुइँतलामा रहेको पसलबाट नगद र सामानहरू चोरी गरेको प्रहरीले जनाएको छ। घरधनी अनुपस्थित रहेको अवस्थामा चोरीको यकीन जानकारी हुन नसकेको बताइएको छ।
पसलधनी बाहिर गएको मौका छोपी गरिएको यस चोरीमा उनका नजीकका मानिसहरू संलग्न रहेको हुन सक्ने प्रहरीको अनुमान छ। चोरीको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।