×

बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आफ्नै घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय सोभालाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान आफ्नै एकतले पक्की घरको छतमा पिसाब फेर्ने क्रममा चौधरी अचानक लडेर गम्भीर घाइते भएका थिए। लड्ने क्रममा उनको टाउको र मुखमा गम्भीर चोट लागेको थियो।

घटनालगत्तै उनलाई उपचारका लागि कोल्हवीस्थित तामागढी अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा रिफर गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार उपचारकै क्रममा मंगलबार बिहान करिब ५ बजे चौधरीको मृत्यु भएको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Back to top