वीरगञ्ज । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । पछिल्ला तीन दिनदेखि सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी यस दिन तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५५५ रुपैयाँमा सीमित बनेको छ । सोमबार चाँदी तोलामा चार हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।