सांकेतिक तस्बिर ।
वीरगञ्ज । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको महासङ्घले जनाएको छ ।