×

वीरगञ्ज । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस पर्साभित्र वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि युवा समाजसेवी तथा नेता विजय सर्राफको नाम चर्चामा आउन थालेको छ।

पार्टी निकट नेताकार्यकर्ताहरूले सर्राफलाई आगामी निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवारका रूपमा अगाडि सार्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनीहरूले सर्राफलाई स्वच्छ छवि भएका युवा नेतृत्वका रूपमा प्रस्तुत गर्दै अन्य दलका सम्भावित उम्मेदवारहरूको तुलनामा बलियो विकल्प रहेको दाबी गरेका छन्।

नेपाली कांग्रेसका सभापति गगन थापा सँग समकालीन राजनीतिक सम्बन्ध र संगठनभित्रको सक्रिय भूमिकाले पनि सर्राफको सम्भावनालाई थप बलियो बनाएको समर्थकहरूको भनाइ छ।

स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा वीरगञ्ज महानगरको नेतृत्वका लागि विभिन्न नामहरू चर्चामा रहेका बेला विजय सर्राफलाई उम्मेदवार बनाउन पार्टी एकताबद्ध भएर लाग्नुपर्ने आवाज समेत उठ्न थालेको छ।

यद्यपि, नेपाली कांग्रेस पर्साले हालसम्म वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि आधिकारिक उम्मेदवारको टुंगो लगाएको छैन।

Back to top