×

वीरगञ्ज । प्रदेशहरुलाई पूर्ण स्वायत घोषणा गर्नुपर्ने लगाएतका माग राख्दै जनमत पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

यसअघि भएको ८ बुँदे सम्झौता अनुसार प्रदेशहरुलाई पूर्ण स्वायत्त घोषणा गनुपर्ने, कर्मचारी र स्थानीय तह प्रदेश मातहत कायम गर्नुपर्ने लगाएतका माग राख्दै जनमत पार्टीले सोमबार काठमाडौको माइतिघरमा प्रदर्शन गरेको हो ।

साथै जनमतले प्रमुख जिल्ला अधिकारी र प्रहरी पनि प्रदेश मातहत राखिनुपर्ने, नेपाली सेनामा मधेशी–थारुको सामूहिक भर्ना गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नुपर्ने माग राखेको छ भने बैदशीक रोजगारीको समस्या समाधान गर्नुपर्ने, किसानलाई समयमा नै मलखाद र सहज ऋण उपलव्ध गराउनुपर्ने, चूरिया क्षेत्रको दोहन र अतिक्रमण हटाउनुपर्ने समेत माग राखेको छ ।

प्रदर्शनमा सहभागीहरुले मधेशी, थारु, दलित, मुस्मिल, आदिवासी, सुकुम्वासी अल्पसंख्यक लगाएतमाथिको दमन, शोषण र विभेद बन्द गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।

Back to top