×

सर्लाही । नेपाल कुशवाहा कल्याण समाज सर्लाहीको आयोजनामा हरिवन नगरपालिकामा आज भव्य रथ यात्रा सहित नगर परिक्रमा सम्पन्न भएको छ। हरिवन वडा नम्बर ६ घुर्कौलीस्थित हनुमान चौकबाट सुरु भएको रथ यात्रा नगर परिक्रमा गरी पुनः सोही स्थानमा आइपुगेर समापन भएको हो।

समाजले कुशवाहा जातिका कुल पुरुष कुशको जन्मदिनको अवसरमा कुश जयंतीको रुपमा यो कार्यक्रम आयोजना गरेको हो। नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय कार्यालयको निर्देशनअनुसार सर्लाहीमा पनि कुश जयंतीको अवसरमा तीन दिवसीय पूजा आयोजना गरिएको छ। समाजले सर्लाही जिल्लाका सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, व्यापारी, महिला, तथा युवाहरुलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

रथ यात्रामा ५२ वटा ट्र्याक्टर, तीन सय मोटरसाइकलसहितका झाँकी सहभागी थिए। रामधुनको धुनमा झाँकी प्रस्तुत गरिएको यस यात्रामा करिब दुई हजारभन्दा बढी व्यक्तिहरु सहभागी भएको आयोजकले जनाएका छन्।

समाजका जिल्ला अध्यक्ष लक्ष्मण महतोले ११ बजे हुने मन्तव्य तथा सम्मान कार्यक्रममा अनिवार्य उपस्थिति जनाउन आग्रह गर्दै, समाजका सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागी हुन पत्र मार्फत अनुरोध गरेका थिए।

 

 

 

 

4o

Back to top