×

सर्लाही । सर्लाहीको बलरा र गोडैता नगरपालिकाका दलित र सिमानकृत समुदायका किशोर र किशोरीहरूको सरकारी निजामती क्षेत्रमा पहुँच वृद्धि गर्नका लागि तीन महिनाको लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएको छ। यो तयारी कक्षा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवा सर्लाहीको समुन्नति परियोजना अन्तर्गत संचालित हुनेछ।

राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रका अध्यक्ष गायत्री देवी महतोका अनुसार, आर्थिक अभावका कारण लोकसेवा परीक्षामा अवसर नपाउने दलित र सिमानकृत समुदायका किशोर-किशोरीहरूको जीवनस्तर उकास्न र सरकारी सेवामा उनीहरूको पहुँच बढाउन यो तयारी कक्षा सञ्चालन गरिएको हो।

गोडैता र बलरा नगरपालिकाका किशोर-किशोरीहरूलाई लक्षित गर्दै बलरा नगरपालिका-७ स्थित श्री नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माध्यमिक विद्यालयमा सञ्चालन हुने लोकसेवा तयारी कक्षामा ३० जना भन्दा बढी किशोर-किशोरीहरूको सहभागिता रहेको जानकारी केन्द्रका बाल संरक्षण अधिकृत अरविन्द प्रसाद कुशवाहाले दिएका छन्।

लोकसेवा आयोगको तयारी कक्षा सफलताको लागि सुप्रसिद्ध प्रशिक्षक सुरेश प्रसाद दासको नेतृत्वमा गरिने छ। आज एक कार्यक्रममा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रका अध्यक्ष गायत्री देवी महतो र बलरा-७ का वार्ड अध्यक्ष प्रबिण कुमार सिंह उर्फ (अनमोल सिंह) प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए।

उद्घाटन कार्यक्रममा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शिवजी प्रसाद साह, विद्यालयका प्रधानाध्यापक लालबाबु महतो, केन्द्रका कर्मचारी मोहम्मद सलाम लगायत प्रमुख उपस्थितिहरू थिए।

यो तयारी कक्षा किशोर-किशोरीहरूलाई लोकसेवा आयोगको तयारीमा आवश्यक ज्ञान र दक्षता प्रदान गर्न महत्त्वपूर्ण हुनेछ।

Back to top