भोजपुरी क्षेत्रका प्रसिद्ध गायक सानु यवन्शीले यो वर्षकै सबैभन्दा उत्कृष्ट बोलबम गीत आज सार्वजनिक गरेका छन्। लाखौं वर्षदेखि हिन्दु धर्मालम्बीहरूले सावन महिनामा मनाउँदै आएको भगवान शिवजीको बोलबम गीत एक नयालो र पारम्पारिक किसिमको सुमधुर गीत पीएस दबग म्युजिक युट्युब च्यानलबाट रिलिज भएको छ।
यस बोलबम गीतका गितकार भोजपुरी जगतका लोकप्रिय तथा उत्कृष्ट गीतकार उमालाल यादव हुन् भने यसमा भोजपुरी जगतमा वर्षेनी हिट म्युजिक दिने सगीतकार आर्या शर्माको सगीत रहेको छ। गीतमा हिन्दी तथा भोजपुरी जगतका लोकप्रिय गायिका शिल्पी राज र गायक सानु यवन्शीको सुमधुर आवाज रहेको छ। भिडियो छायांकनमा यादव सान, मिक्सिङ्ग मास्टर जित शर्मा र प्रमोद चौरसियाको विशेष सहयोग रहेको छ।
सर्लाहीको रामनगर-६ सिसोट निवासी गायक यवन्शीको पहिलो गीत "छठीमेयाको रउवा चली मोरे साथ" भारतकी चर्चित गायिका खुश्वा जेनको साथमा रिलिज भएको थियो।
यो गीतले भोजपुरिया श्रोताहरूको मन जित्न सफल हुने आशा गरिएको छ।