×

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर २ जयपुर स्थित श्री जनता आधारभुत विद्यालयले लामो समयपछि अभिभावक पाएको छ । लामो समयदेखी अभिभावक विहिन रहेको विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको हो । 

समितिको अध्यक्षमा श्यामसुन्दर महतो चयन भएका छन् । महिला तर्फबाट गिता कुमारी कुशवाहा चयन भएका छन् । नयाँ चयन भएका अध्यक्ष महतो सहितका सदस्यहरुलाई असार २८ गते फुलमाला अबिर लगाएर स्वागत गरिने विद्यालयका प्रधानाध्यापक गर्भु महतोले बताएका छन् ।

विद्यालयमा भएको छलफलमा नव निर्वाचित अध्यक्ष श्यामसुन्दर महतो, सदस्य सम्भु मुखिया, कुमारी देवी राम, स्थानीय अभिभावक किशोरी महतो, उपेन्द्र महतो, इसलाम नट, सुरेन्द्र महतो लगायतको सहभागिता रहेको थियो । 

विद्यालय अभिभावक विहिन हुँदा नियमित पठनपाठन, दिवाखाजा कार्यक्रम, पूर्वाधार विकास तथा शैक्षिक सुधार लगायत विद्यालयका दैनिक शैक्षिक कार्यहरू प्रभावित हुदै आएका थिए । 

विव्यसमा महतो चयन भएपछि विद्यालय सुधारमा कोशेढुङ्गा सावित हुने स्थानीयको विश्वास छ । 

छोरा हेटौंडा तथा काठमाडौ पढाउने व्यक्तिहरु व्यक्तिगत राजनीतिक स्वार्थ परिपुर्तिका लागि विद्यालयमा हावी हुँदा विद्यालयको पठनपाठन तथा समिती गठन प्रभावित हुँदै आएको थियो ।

Back to top