×

वीरगञ्ज । पर्साको पटेर्वा सुगौलीमा सुरक्षा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको आयोजनामा प्रहरी कार्यालय परिसरमै ‘हर प्रहरी, गाउँघर नगरी’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पर्साको ग्रामीण क्षेत्रमा शान्ति सुरक्षाको अवस्था अझ सुदृढ बनाउने तथा अपराधीक गतिविधि न्यूनिकरण गर्ने लगायतका विषयमा प्रहरी र नागरिकबीच छलफल भएको थियो । 

काार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिहरुले गाँउमा प्रहरीकोे गस्ती बढाउन, विना हेल्मेट मोटरसाइकल चलाउनेलाई कारबाही गर्न, गाडीमा चर्को आवाजमा बुफर बजाउनेलाई कारबाही गर्न, प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहज सेवा दिन, अनुसन्धानका नाममा नागरिकलाई दुख नदिन, भेदभाव नगर्न लगायतका सुझाव प्रहरी प्रमुखलाई दिएका थिए ।

स्थानीयका सुझाव सुनेपछि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाले प्रहरीलाई समुदायको साथ र सहयोग आवश्यक रहेको बताए । कहिँकतै गलत गतिविधी भए त्यसको सुचना दिएर प्रहरीलाई सहयोग गर्न पनि उनले आग्रह गरे । कार्यक्रममा पटेर्वा सुगौैली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरी, गाँउपालिकका जनप्रतिनिधि, नागरिक समाज, शिक्षक लगायतको सहभागीता रहेको थियो ।
 

Back to top