×

वीरगञ्ज । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीलाई विदाई गरिएको छ । १५ महिनामा प्रहरी निरीक्षक केशरीको हेटौडामा सरुवा भएको हो ।

कार्यकालमा भएका कामको कदर गर्दै स्थानीयले उनलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा शान्ति सुरक्षा  तथा सु ब्यवस्था कायम गर्न प्रहरी निरीक्षक केशरीले खेलेको भूमिकाको स्थानीयले सह्राना गरेका थिए । 

पटेर्वा सुगौली गाउँपालिकाको पुर्व अध्यक्ष हरिनारायण चौधरी, पुर्व प्रदेश सभा सदस्य अब्दुल रहिम (मन्जुर अन्सारी), स्थानीय विद्यालयका प्रधानाध्यापक शिवनाथ चौधरीसँगै शिक्षक, जनप्रतिनीधि लगायतले केशरीलाई मायाको चिनो प्रदान गरेका थिए । 

Back to top