×

सांकेतिक तस्वीर

वीरगञ्ज । पर्साको पटेर्वा सुगौलि गउँपालिका - २ को जङ्गलमा एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

दुधेश्वर महादेव (भाथा) बाबा मन्दिरको गेटदेखि एक किलो मिटर पूर्व र दक्षिण जङ्गलमा अन्दाजी ५५ देखि ६० वर्षको पहिचान नखुलेको एक जना पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीका अनुसार स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

इन्स्पेक्टर केशरीले शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Back to top