×

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका – ४ मा आगलागी भएको छ ।

गाउँपालिकास्थित पटेर्वा टोलमा मङ्गलवार दिउँसो आगलागी भएको स्थानीय राजकिसोर महतो थारुले जानकारी दिएका हुन् ।

विद्युत् सर्ट सर्किट भई आगलागी हुँदा स्थानीय भागरिथ महतोको टालीको गोठ पूर्ण रूपले जलेर नष्ट भएको छ ।

मङ्गलवार बिहान १२ बजे लागेको आगो सखुवाप्रसौनी गाउँपालिकाबाट गएको वारुण यन्त्र, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो । 

आगलागीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म नआएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम राजा केशरीले बताए ।

Back to top