×

वीरगञ्ज । यसुदा ब्राण्डको घरायसी सामग्री बेच्ने कम्पनीको व्यापार गर्ने त्रिवेणी व्यापार कम्पनीको व्यापार १० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा १० प्रतिशतले घटेको हो ।

सन् २०२२ मा ४ अर्ब २ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ३ अर्ब ६१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब ६८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले अन्तर्राष्ट्रिय ब्राण्डको सामग्री आयात गरेर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले चीनमा उत्पादन भएको घरायसी सामग्री आयात गरी विगत एक दशकदेखि नेपाली बजारमा कारोबार गर्दै आएको छ ।

संघाई बिजनेश फ्यामलीद्वारा सञ्चालित कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब २९ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले चीनबाट मात्रै नभएर भारत, दक्षिण कोरियाबाट सामसुङ, पानासोनिक र सुनसुई आदि ब्राण्डको घरायसी सामग्री बिक्री विरतणमा गर्दै आएको जनाएको छ ।

नेपालमा सामसुङ र पानासोनिक ब्राण्डको दुईवटा आधिकारिक बिक्रेता छन् । तीमध्ये कम्पनी पनि एक हो । कम्पनीको सामग्री देशभरका सहरमा उपलब्ध रहेको उल्लेख गरेको छ । कम्पनीको देशभर १९ सय २३ डिलर छन् । साभार : क्लिकमाण्डु बाट

Back to top