सांकेतिक तस्बिर ।
वीरगञ्ज । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेड वृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।
आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदै छ । यसअघि, एसइई– २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताए ।
एसइईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्याङ्क प्राप्त भई नसकेको उनले बताए । ‘ग्रेड सी’भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन् ।