×

वीरगञ्ज । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा दुई हजार १०० रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तोलाको तीन लाख नौ हजार कायम भएको छ। बिहीबार तीन लाख ११ हजार १०० कायम भएको थियो।

चाँदीको मूल्य रु पाँच हजार २३० निर्धारण भएको छ। बिहीबार पाँच हजार २८५ निर्धारण भएको थियो। 

Back to top