×

वीरगञ्ज । पर्साको पटेर्वासुगौलीमा एक युवकलाई बाघले आक्रमण गरेको छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ लक्ष्मिपुरमा बाघको आक्रमणबाट स्थानीय २२ वर्षीय सरोज प्रसाद अधिकारी घाइते भएका हुन् । बाघले बाख्रालाई मारेको खबर थाहा पाएसँगै बाघ धपाउन पुगेका युवाको समूहमध्ये सरोजलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा प्रहरी चौकी रंगपुरटाडीसहितको टोलीले घाइते अधिकारीको उद्धार गरेको हो । 

श्रीपुरस्थित स्वास्थ्य चौकीमा उपचार नभएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक केशरीले बताए । उनकाअनुसार आक्रमण गर्ने बाघको खोजी भइरहेको छ । 
 

Back to top