×

वीरगञ्ज । पर्साको  पर्सागढी नगरपालिका – १ पशुपतिनगरस्थित मुना सहनिको घर छेउमा चितुवा वा बाघको बच्चा फेला परेको छ ।

चितुवा वा बाघको बच्चा फेला परेको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय एकटाङ्गाको टोली सो स्थानमा पुगेर त्यसलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक रामराजा केशरिले भने चितुवा वा बाघको बच्चा हो भन्ने यकिन हुन नसकेको जानकारी दिए ।

Back to top