×

वीरगञ्ज । पर्साबाट जनकपुर जाँदै गरेको मोटरसाइकल दुर्घटनामा एक दम्पती घाइते भएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ३ सोनवर्षका मुना तिवारी र उनकी श्रीमती गुडीया देवी घाइते भएका हुन् । 

प्रदेश ०२–००१–२४३८ नम्बरको मोटरसाइकलमा जनकपुरतर्फ जाँदै गरेको अवस्थामा रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ५ टिकुलीयास्थित सडकखण्डमा प्रदेश २–०२–००१ फ ०१४८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो । रौतहटकै कटहरिया नगरपालिकाद्वारा सञ्चालित उक्त एम्बुलेन्सको ठक्करबाट घाइते भएका दम्पतीको वीरगञ्जस्थित सूर्य हस्पिटलमा उपचार भइरहेको छ । 
ठक्कर दिने एम्बुलेन्स र चालकलाई देवाही गोनाही प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । मुता तिवारीको बायाँ खुट्टा, कम्मर र मुखमा चोट लागेको छ भने श्रीमती गुडिया देवीको टाउकोमा चोट लागेको छ । 

Back to top