×

वीरगञ्ज । प्रहरीले पर्सामा सात थान सानको गोलिया बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटेको प्रहरी टोलीले पर्सागढी नगरपालिका – १ कोइलाभार टोलबाट पराल भित्र लुकाएर राखिएको सात थान सालको गोलिया बरामद गरेको हो ।

विशेष गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र अस्थायी प्रहरी पोस्ट मानवाबाट खटिएको संयुक्त टोलीले मङ्गलवार साँझ साढे ७ बजेको समयमा कोइलाभार टोलमा परालको टाल भित्र लुकाएर राखिएको गोलिया  बरामद गरेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराज केशरीले जानकारी दिए ।

इन्स्पेक्टर केशरीका अनुसार बरामद हुने सालको गुलिया ४० इन्च मोटाई र ७ फिट लम्बाइको एक थान, ३५ इन्च मोटाई र ४ फिट लम्बाइको २ थान, ३० इन्च मोटाई र ४ फिट लम्बाइको ४ थान रहेको छ ।
 
बरामद गुलियालाई थप अनुसन्धान तथा कारबाहीका लागि सब डिभिजन वन कार्यालय सखुवनियाको जिम्मा लगाइएको उनले बताए ।

Back to top