×

वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा आयोजित रक्तदान कार्यक्रममा तिन सय जनाले रगत दान गरेका छन् ।

शनिवार सम्पन्न ऐतिहासिक रक्तदान कार्यक्रममा १२ महिलासहित तिन सय जनाले रगत दान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धी सचेतना बढाउनुको साथै रगत उपलब्धतालाई सहज बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालयका पटेर्वासुगौलीका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले बताए ।

कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले रक्तदातालाई रगतको पोका दिएर गरेका थिए ।

Back to top