×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी जयनाथ सिंहका १६ वर्षीय छोरा राहुल कुमार सिंह रहेका छन् ।

सिंह सवार मोटरसाइकल बिहीबार बिहान पटेर्वासुगौली  - ५ निचुटाहाको सडक खण्डमा आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीका अनुसार सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक सिंहको शवको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागी वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको छ । उनको मोटरसाइकल भने इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर केशरीले बताए ।

Back to top