×

वीरगञ्ज २० साउन । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ पथलहवा खोलाबाट अवैध हरियो सालको गोलीया बरामद भएको छ । 

इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक किशोर अचार्य र डिभिजन बन कार्यालय रंगपुरटाडीका बनगस्तिको संयुक्त टोलीले प्रदेश २–०३–००१ – त – ६०४७ नम्बरको ट्रैक्टर सहित १२ थान काचो शाल अन्दाजी ५५ क्यु फिट गोलीया बरामद गरेको हो ।

पर्साको राष्ट्रिय बन क्षेत्रबाट अबैधरुपमा कटान गरी ट्रैक्टरमा लोड गरी ल्याउँदै गरेको अवस्थामा विशेष सुचनाको आधारमा राती प्रहरी र बनगस्ति टोलीले सो ट्रैक्टर सहित शालको गोलीया बरामद गरेको हो ।

प्रहरीको टोलीलाई देख्ने बित्तिकै ट्रैक्टर चालक र काठ तस्कर फरार भएका थिए । बरामद गरिएको काठ सहितको ट्रैक्टर डिभिजन बन कार्यालय वीरगञ्ज पर्सामा बुझाएको तथा फारार रहेका चालक र काठ तस्करहरुको खोजी कार्य भैरहेको सब डिभिजन बन कर्यालय रंगपुरटाडीका सहायक बन अधिकृत कपिलदेव यादवले बताए ।

Back to top