×

वीरगञ्ज, १९ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ ।

पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ पथलावाहघाटबाट प्रहरीले ठूलो परिमाणमा सालको काठ बरामद गरेको हो ।

प्रहरी चौकी रंगपुरबाट प्रहरी सहायक निरीक्षक गोपाल राय यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले  पथलावाह घाटबाट बुधबार राती ३ थान सालको गोलीया बरामद गरेको हो ।

सोनबर्षाको  जङ्गलबाट तस्करहरुले साईकलमा काठ ल्याउदै गरेको अवस्थामा प्रहरीलाइ देखे पछि तस्करहरु काठ फालेर  फरार भएको  प्रहरी  सहायक निरीक्षक यादवले बताए । उनका अनुसार तस्कारहरुको खोजी भइरहेको छ । 
 

Back to top