×

वीरगञ्ज, ११ साउन । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ पचगाँवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४०  औँ बिपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस सखुवाप्रसौनी गाउँ कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा २ जना महिलासहित ५५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै बिपिको योगदान बारे चर्चा गरेका थिए । बिपिले नेपाली राजनीतिसँगै नेपाली साहित्यमा दिएको योगदान अतुलनीय रहेको बताउँदै पूर्व मन्त्री चौधरीले उनले अंगालेको मार्गमा अग्रसर हुनुपर्ने बताए । 

कांग्रेस सखुवाप्रसौनी गाउँपालिकाका संयोजक जयराम महतोको अध्यक्षतामा भएको कार्यक्रममा पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी, उपाध्यक्ष ममता महतो, सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला महतो बिस्ट, नेपाली कांग्रेसका युवा नेता चन्द्रकिशोर प्रसाद चौधरी लगायतले मन्तब्य व्यक्त गरेका थिए । 

Back to top