×

तस्विर सौजन्य : बिबिसी ।

वीरगञ्ज, ८ अषाढ । पर्सामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाहरुलाई भोलिदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाइने छ ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार उक्त उमेर समूहका बालबालिकाहरुलाई भोली असार ९ गतेदेखि १५ गतेसम्म अभियान सञ्चालन गरेर कोरोनाभाइरसविरुद्धको फाइजर खोप लगाउन लागिएको हो ।

जिल्लाका सम्पूर्ण स्थानीय तहको सामूदायिक विद्यालयमा खोप केन्द्र स्थापना गरेर खोप लगाइने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

अभियानअन्तर्गत जिल्लाका १ लाख १ हजार ७५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

खोप लगाउनका लागि ४०२ जना स्वास्थ्यकर्मी खटाइने स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवल किशोर साहले बताए । 

साहले फाइजर खोपको प्रभावकारीता ९१ प्रतिशत रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाइ आग्रह पनि गरे ।

Back to top