×

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । आज सामूहिक विज्ञप्ति जारी गर्दै महामन्त्री डा.धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् । 

परित्याग गर्नेहरुमा शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायत रहेका छन् । यसैगरी पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत रहेका छन् ।

लामो समयदेखि पार्टीभित्र बढिरहेको विवादकाबीच एक विज्ञप्ति जारी गर्दै केही दिनअघि राणाले पनि आफू राप्रपामा नरहेको घोषणा गरेका थिए ।

उनले पनि राप्रपालाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्दा  विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँडाउने क्रमले पार्टी जनताबाट दण्डित भएको बताएका थिए ।

साथै विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आउँदो बाटो तय गर्ने निश्चय गरेको जानकारी गराएका थिए ।

केही समयदेखि राप्रपाभित्र आन्तरिक विवाद चुलिँदो छ । अध्यक्ष राजेन्द्र लिङ्देनको हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।

aa.webp

bb.webp

cc.webp

dd.webp

ee.webp

ff.webp

Back to top