×

वीरगञ्ज ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको राजमा नेपालको शान्ति खल्बलिएको भन्दै ग्लोबल पिस इण्डेक्समा दुई स्थान तल झारिएको छ।

दक्षिण एशियाली मुलुकमध्ये दोश्रो स्थानमा रहेपनि नेपाल विश्व शान्ति सूचकांकमा २ स्थान खस्किएर ८५ औं स्थानमा पुगेको हो। यो सूचकांकमा भुटान, नेपाल, बंगलादेश र श्रीलंकापछि भारत रहेको छ।

ग्लोबल पिस इंडेक्स २०२१ मा शुक्रबार जारी गरिएको प्रतिवेदनमा भारत र पाकिस्तान दक्षिण एशियाली मुलुक भुटान, नेपाल, बंगलादेश र श्रीलंका भन्दा पछाडि परेका छन्। अन्तर्राष्ट्रिय अर्थशास्त्र तथा शान्ति संस्थान (आईईपी) सिड्नीले घोषणा गरेको ग्लोबल पीस इंडेक्स (जीपीआई) को १५ औं संस्करणका अनुसार १६३ राष्ट्रको वैश्विक शान्ति सुचकांक २०२१ मा छिमेकी मुलुक भारत १३५ औं स्थानमा छ। सन् २०२० मा १३७ औं स्थानमा रहेको थियो।

दक्षिण एशियाली मुलुक पाकिस्तान १५० औं स्थानमा छ। भुटान २२ औं, नेपाल ८५ र बंगलादेश ९१ औं स्थानमा पुगेको छ। प्रतिवेदनका अनुसार दक्षिण एशियाली मुलुकमध्ये भुटान प्रथम, नेपाल द्वितीय, बंगलादेश तेश्रो नम्बर र श्रीलंका चौथौं स्थानमा छ । भने भारत‌ पाँचौँ, पाकिस्तान छैठौं स्थानमा रहेको छ।

"सबैभन्दा कम शान्त देश" दक्षिण एशियाली मुलुकमध्ये सबैभन्दा कान्छो सदस्यको रूपमा रहेको अफगानिस्तान लगातार चौथो वर्ष विश्वको सबैभन्दा कम शान्तिमय देशको सूचीमा दरिएको छ। त्यसपछि यमन, सिरिया, दक्षिण सुडान र इराक रहेका छन्। अर्कोतर्फ, आइसल्यान्ड विश्वमै सबैभन्दा शान्तिमय देश बनेको छ ।

यो सन् २००८ देखि यथास्थितिमा छ। उक्त रिपोर्टका अनुसार कोविड१९, भविष्यको राजनीतिक अस्थिरता नै नागरिक अशान्तिमा बल पुर्याएको छ । आगामी दिनमा गरिने आर्थिक सुधारको गति र प्रभावकारितामा अशान्तिको सुधार निर्भर हुनेछ।

Back to top