×

सांकेतिक तस्विर ।

वीरगञ्ज । मोटरसाइकल दुर्घटनामा परेर पर्सामा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ निवासी ३२ वर्षीय जय प्रकाश पटेल रहेका छन् ।

तीव्र गतिमा रहेको पटेलको ना. ३२ प १६३७ नम्बर मोटरसाइकल अनियन्त्रित भएर पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर ४ को गुलवारिया सडक खण्डमा रहेको पोलमा ठोकिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार पटेलको घटनास्थलमै मृत्यु भएको थियो । उनको शव प्रहरीले पोष्ट मोर्टामका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको छ ।

Back to top