×

फिफा विश्वकपको ऐतिहासिक १०००औँ खेलमा  खेलमा जापानले पहिलो हाफमा २–० को अग्रता बनाएको छ। 

 समूह एफ को दोस्रो चरणको खेलमा जापानले ट्युनिसियाविरुद्ध शानदार सुरुवात गर्दै पहिलो हाफमा २–० को अग्रता बनाएको हो।मेक्सिकोको प्रसिद्ध मोन्टेरे स्टेडियममा भइरहेको यो खेल फिफा विश्वकप इतिहासकै एक हजारौं खेल हो। 

खेल सुरु भएको चौथो मिनेटमै मिडफिल्डर दाइची कामादाले उत्कृष्ट गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाए। खलको ३१औँ मिनेटमा फरवार्ड अयासे उएडाले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।

ट्युनिसियाले पहिलो हाफमा पुनरागमनका केही प्रयास गरे पनि जापानी रक्षापंक्तिलाई तोड्न सकेन।

यो ऐतिहासिक खेललाई फिफाले विशेष दर्जा दिएको छ, जसमा रेफ्रीहरूले  १००० अंकित विशेष सुनौलो स्ट्राइप भएको जर्सी लगाएका छन्। 

Back to top