×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ भाटभटेनी सुपरमार्केट पछाडि रहेको हवेली क्याफे विरुद्ध ग्राहक ठगीको गुनासो सार्वजनिक भएको छ ।

गुनासोअनुसार उक्त क्याफेमा खाना खाइसकेपछि कुनै पूर्व जानकारीबिना बिलमा ३५० रुपैयाँ ‘क्याबिन चार्ज’ थप गरिएको पाइएको छ । ग्राहकलाई सो शुल्कबारे पहिले कुनै जानकारी नदिइएको बताइएको छ ।

त्यसैगरी, बिल माग गर्दा हवेली क्याफेको सट्टा ‘सेभेन सिज होटल’ को नाममा बिल उपलब्ध गराइएको समेत आरोप छ । यसले सेवा शुल्कको नाममा अनियमित तथा अपारदर्शी कारोबार भएको आशङ्का थप बलियो बनाएको छ ।

यस्तो अतिरिक्त शुल्कबारे स्पष्ट जानकारी नदिई रकम असुल्नु सेवा शुल्क हो कि खुलेआम ठगी हो भन्ने ग्राहकको भनाइ छ ।

स्थानीय उपभोक्ताहरूले सम्बन्धित निकायलाई तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन् ।

Back to top