×

 

वीरगन्ज २३ मंसिर । छोटो समयमा औकात भन्दा बढी सम्पति कमाएर मालपोतका मदन गुप्ता अहिले अख्तियारको निशानामा परेर काल कोठरीमा दिन बिताई रहेका छन भने अर्का ब्यक्ती मान्छेको भविस्य वताउने धन्दा गरी अरबपति भएका मदन चौवे माथी आख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र सम्पति शुद्धिकरण सबै महेरवान भएको छ ।

मदन चौवेले एक दशकमा वीरगन्ज महानगरपालिका भित्र आधादर्जन घर, दवाई फैक्ट्री करोडौको हिरा जवाहरात सुनचाँदी थुपारेको देख्दा वीरगन्जका रैथाने व्राम्हणहरु औला टोक्न वाध्य भएका छन ।

भारत र नेपाल दुवै देशको नागरिकता बोक्ने मदन चौवे नेपाली टोपी लगाएर विदेशमा नेपालको प्रतिनिधित्व गर्छन भन्ने भारतमा राशन कार्ड प्रयोग गरेर सस्तोमा राशन लिई त्यहा पनि भोट हालेर सरकार बनाउने गरेको प्रमाण फेलापरेको छ ।

शम्पति शुद्धिकरणका कर्मचारीहरुको हात हेरेर उनिहरुको भविस्य वताई राशी अनुसारको रत्नको ब्यवस्था गरी दिएको छु भन्दै आफनो आफन्तहरु विच चौवेले गफ दिने गरेका छन ।

नेपाल भारत दुवै तिर का नागरिकताको मजा लुटदै आएका मदन चौवेको बारे यथाशिघ्र गृहमन्त्रालयले छानविन गरेर कडा कारवाही गर्न माँग उढिरहेको छ ।

Back to top