×

वीरगञ्ज । महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलियाले इङ्गल्यान्डलाई पराजित गरेको छ । इङ्गल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले कीर्तिमानी सातौँ पटक महिला टी-२० विश्वकप जितेको हो ।

इङ्गल्यान्डले जितका लागि दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाली टोलीले १७.१ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्‍यो ।

अस्ट्रेलियाकी बेथ मुनीले ४९ बलमा १० चौकासहित ६४ रन बनाइन् भने फोबी लिचफिल्डले ३५ बलमा ४८ रन बनाइन् ।

यसअघि, इङ्गल्यान्डको लर्ड्स मैदानमा खेलिएको यो फाइनल खेलमा अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै इङ्गल्यान्डले २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनायो ।

इङ्गल्यान्डका लागि कप्तान नेट स्काइभर-ब्रन्टले ५३ बलमा सर्वाधिक ५८ रन बनाइन् भने फ्रेया केम्पले ४४ र एलिस क्याप्सीले २३ रन बनाइन् ।

यसैबिच, अस्ट्रेलियाकी कप्तान सोफी मोलिनक्स, किम गार्थ, लुसी ह्यामिल्टन र अन्नाबेल सदरल्यान्डले एक-एक विकेट लिए ।

Back to top