×

वीरगञ्ज। सनातन हिन्दू मोर्चाले वीरगञ्ज महानगरपालिका स्तरीय २१ सदस्यीय समिति गठन गरेको छ। शनिबार वीरगञ्जस्थित रानीसती मन्दिरमा आयोजित हिन्दूवादी युवाहरूको भेलाले आनन्द गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा विश्वास साह र आशिष महतो, महामन्त्रीमा सुमेश्वर साह, मन्त्रीमा दीपक साह, कोषाध्यक्षमा राजु साह तेली तथा प्रवक्तामा पृथ्वी सर्राफ चयन भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा सागर साह, सुमित श्रीवास्तव, मोहन बर्नवाल, निरञ्जन कुशवाहा, विशाल महतो, आदर्श गुप्ता, राजु साह कानु, कमलेश पटेल, विचित सिंह, किशन साह, सुरज सर्राफ, जितेन्द्र साह, मनु कुमार कानु, गुड्डु बर्नवाल र सुमित प्रजापति चयन भएका छन्।

कार्यक्रममा मोर्चाले आफ्नो मूल नारा **“नेपालीहरूको सम्मान, राष्ट्रको पहिचान”**लाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमार्फत समाजलाई एकताबद्ध गर्ने प्रतिबद्धता जनाएको छ। हिमाल, पहाड, तराई र मधेसलाई समेट्ने समावेशी परिवार निर्माण गर्दै राष्ट्र, सनातन धर्म र समृद्धिप्रति समर्पित भएर काम गर्ने तथा उद्देश्य मिल्ने अभियान, संस्था र समूहसँग सहकार्य गर्ने गुरुयोजना रहेको मोर्चाले जनाएको छ।

सनातन हिन्दू मोर्चा पर्साका अध्यक्ष हनुमान दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय संयोजक सन्तोषानन्द महाराज, उपाध्यक्ष सुवास शाही, कोषाध्यक्ष अधिवक्ता विनोद प्रसाद कुर्मी, केन्द्रीय सदस्य योगेन्द्र प्रसाद कलवार, पर्सा उपाध्यक्ष अंशु कुमार प्रजापति, महामन्त्री प्रमोद शर्मा तथा प्रवक्ता मुना साह तेलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Back to top