×

स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित निकालेको छ।  गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४û२ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने लामिन यमलले एक गोल गरे। सेल्टा भिगोका लागि सर्जियो कारेइरा र बोर्जा इगलेसियासले एक एक गोल गरे।

यस खेलमा फ्रान्की डी जोंगले ९० मिनेटपछिको इन्जुरी समयमा दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएका थिए। 

गएराति नै भएको  अर्को खेलमा रियल म्याड्रिड  रायो भल्लेकानोसँग गोल रहित बराबरीमा रोकिएको छ।

बार्सिलोनाको यो जितपछि १२ खेलमा २८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।  रियल म्याड्रिड भने १२ खेलमा ३१ अंक सहित शीर्ष स्थानमा कायम छ। 

Back to top