×

पाकिस्तान सरकारले अफगागिनस्तानमा सैन्य अभियान चलाएको छ। जसमा २९ जना आतंकवादी मारिएको दाबी गरेको छ। 

आफ्नो सेनाले गोप्य सूचनाका आधारमा मध्यराति सैन्य अभियान सञ्चालन गरेको पाकिस्तान सरकारले जनाएको छ। 

त्यहाँका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तराडले यसबारे सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेका छन्। उनले पाकिस्तानी सेनाले डुरान्ड रेखा नजिक स्थलगत अभियान सञ्चालन गरेको र त्यसपछि रेखा नजिकका क्षेत्रमा जमात–उल–अहरार र पाकिस्तान तालिबान आन्दोलन टीटीपी का आतंकवादी अड्डा र शिविरहरूमाथि लक्षित हवाई आक्रमण गरिएको उनको भनाइ छ। 

तराडका अनुसार, खैबर पख्तूनख्वाको बाजौर क्षेत्रमा गरिएको स्थलगत अभियानमा आतंकवादी कमाण्डर खान फ्रोश जबाल तथा जमात–उल–अहरारका अन्य तीन जना आतंकवादी मारिएको बताइएको छ। 

बीबीसीका अनुसार, अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले यी आक्रमणमा सर्वसाधारणलाई निशाना बनाइएको तथा महिला र बालबालिकासहित दर्जनौँ मानिस मारिएको र घाइते भएको बताएका छन्।  उनले आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्ण कार्यको संज्ञा दिएका छन्।

Back to top