भारतको विदेश मन्त्रालयले कैलास मानसरोवरको यात्रा गर्ने आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ।
विदेश मन्त्रालयले निजी टूर अपरेटर्सका तर्फबाट आयोजित कैलास यात्राका क्रममा नेपालमा फसेका कैयौं भारतीय नागरिकले मद्दत र सहायताका लागि अनुरोध गरिरहेको एडभाइजरीमा उल्लेख गरेको छ।
मन्त्रालयले आवश्यक कागजातबिना कैलास मानसरोवरको यात्रा सुरु नगर्न भारतीय नागरिकहरुलाई सुझाव दिएको छ।
यसैगरी यात्रीहरुलाई टुर अपरेटर्सको भेरिफिकेसन गर्नका लागि भनिएको बीबीसीले जनाएको छ।