×

अमेरिकी राष्ट्र डोनाल्ड ट्रम्पले नाइजेरियामा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।  पश्चिम अफ्रिकी राष्ट्र नाइजेरिया ईसाईहरूको हत्या बढेको भन्दै ट्रम्पले यसलाई रोक्न सैन्य कारबाही गर्ने चेतावनी दिएका हुन्। उनले नाइजेरियाले हत्या नरोके कारबाही आरम्भ गर्ने गरी रक्षा मन्त्रालयलाई आदेश दिएको बताइएको छ। 

अमेरिकाले सैन्य बल पठाउनुपर्ने परिस्थिती बनेमा त्यो ईसाई धर्मावलम्बी माथि अत्याचार गर्ने इस्लामिकहरुको अस्तित्व पूर्ण रुपमा मेटाउने गरी कारबाही हुने ट्रम्पको चेतावनी छ। 

नाइजेरिया सरकारलाई छिटो ठोस कदम चाल्न पनि ट्रम्पको आग्रह छ। नभए नाइजेरियालाई दिइने सबै सहायता र सहयोग तुरुन्तै बन्द गर्ने पनि घोषणा ट्रम्पले गरे। 

सामाजिक संजाल ट्रुथ सोशलमा एक पोस्ट गर्दै इसाई माथि इस्लामिकहरु बाट भइरहेको अत्याचार मेटाउन जुनसुकै हदसम्म पुग्ने अमेरिकीले जनाएको छ। 

यसअघि नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले धार्मिक असहिष्णुताको दाबीलाई अस्वीकार गर्दै आफ्नो देशमा धार्मिक स्वतन्त्रताको रक्षा गरिरहेको बताएका थिए।

Back to top