भारत र अष्ट्रेलियाबीच जारी तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेल शनिबार हुँदैछ। खेल अहिले केहीबेरमा सिड्नीमा हुनेछ ।
पहिलो र दोस्रो खेलमा पराजित हुँदै सिरिज गुमाइसकेको भारत आज सान्त्वना जितको खोजीमा छ। भारत पहिलो खेलमा ७ र दोस्रो खेलमा २ विकेटले पराजित भएको थियो । टिमका प्रमुख व्याटर विराट कोहली चल्न सकेका छैनन् भने रोहित शर्माको प्रदर्शन पनि अपेक्षित हुन सकेको छैन। अ लिया भने लगातार तेस्रो खेल जित्दै सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार स्टार ब्याटर विराट कोहली र रोहित शर्माले आज अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने अनुमान गरिएको छ। ३६ वर्षीय विराट कोहली र ३८ वर्षीय रोहित शर्माले टी–ट्वेन्टी र टेष्ट क्रिकेटबाट सन्न्यास लिइसकेका छन्।