×

युरोपियन च्याम्पियन पेरिस सेन्ट-जर्मेन पीएसजीले फ्रेन्च लिग वान फुटबलमा स्ट्रासबर्गसँग ३-३ गोलको रोमाञ्चक बराबरी खेलेको छ। तर यो बराबरीपछि पनि पीएसजीले शीर्ष स्थानमा १ अंकको अग्रता कायम राखेको छ ।

पार्क डे प्रिन्सेसमा गएराति भएको खेलमा छैटौं मिनेटमै स्ट्रासबर्गले अग्रता लिएको थियो । ब्राड्ली बारकोलाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, २४औँ मिनेटमा स्ट्रासबर्गका जोआकिन पानीचेलीले बराबरी गोल फर्काए। ४१औँ मिनेटमा डिएगो मोरेइराले गोल गर्दै स्ट्रासबर्गलाई २–१ को अग्रता दिलाए। 

दोस्रो हाफको शुरुआतमा पानिचेलीले मोरेइराको पासमा दोश्रो गोल गर्दै स्ट्रासबर्गको अग्रता ३–१ पुर्‍याए । ५८ औं मिनेटमा गोनकालो रामोसले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे। ७९ औं मिनेटमा सेनी मेयुलुले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए । यससँगै ८ खेलबाट १७ अंकसहित पीएसजी शीर्ष स्थानमा कायम छ। सुरुवाती अग्रता जोगाउन नसकेर बराबरीमा सीमित भएको स्ट्रासबर्ग समान खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ ।

Back to top