×

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई ढालको रूपमा प्रयोग नगर्न हमासलाई चेतावनी दिएका छन् ।

बन्धकलाई ढाल बनाइरहेको भन्ने समाचार बाहिरिएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । 

‘हमासले जमिनमाथि बन्धकहरूलाई लगेर इजरायली अपरेशनको विरुद्धमा मानव ढालको रूपमा प्रयोग गरिरहेको छ भनेर मैले भर्खरै एउटा समाचार रिपोर्ट पढेँ,’ ट्रम्पले ट्रुथ सोसियलमा एउटा पोष्टमा भनेका छन् ।

ट्रम्पले हमासको यस कार्यलाई ‘मानवीय क्रूरता’ समेत भनेका छन् । ‘यस्तो हुन नदेऊ, नत्र, सबै सर्तहरू सकिनेछन् । सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर,’ राष्ट्रपति ट्रम्पले भने ।

Back to top