×

इजरायली सेनाले गाजाका आवसीय भवनहरु ध्वस्त पार्न सुरु गरेको छ।  पछिल्लोपटक भएका शक्तिशाली आक्रमणमा १६ वटा आवसीय टावरहरु ध्वस्त भएका छन्। जसमा कम्तीमा ५३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

गाजाको उत्तरी शहरी कब्जा गर्न र त्यहाँका जनतालाई विस्थापित गर्न आक्रमण तीव्र पारिएको हो। इजराइली सेनाले गाजाको रमल क्षेत्रमा रहेको अल–कौथर टावरलाई ध्वस्त पार्दा एक हजारभन्दा बढी मानिस विस्थापित भए। 

गाजामा कुपोषणबाट थप दुई जनाको मृत्यु भएको जनाइएको छ। कुपोषणबाट गाजामा हालसम्म ४ सय २२ पुगेको छ। 

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी यूएनआरडब्ल्युएका प्रमुख फिलिप लाजारिनीले गाजामा पछिल्लो चार दिनमा एजेन्सीका १० भवनलाई लक्षित गरी आक्रमण गरिएको र तीनमा ७ वाट विद्यालय तथा दुईवटका क्लिनिक पनि ध्वस्त भएको बताए। 

Back to top