वीरगञ्ज । इजरायलले हमास नेताहरू रहेको भन्दै कतारमा आक्रमण गरेको सिएनएनले जनाएको छ।
आक्रमण गरेको केही समयमै दोहामा विस्फोटको आवाज सुनिएको थियो।
हमासका एक वरिष्ठ अधिकारीले सिएनएनसँग पुष्टि गर्दै समूहका वार्ताकारहरूलाई लक्ष्य बनाइएको बताए।
कतारमा इजरायलले यसअघि कहिल्यै यस्तो आक्रमण नगरेको हुँदा यो पहिलो पटक भएको हो।
इजरायलले यो आक्रमण अमेरिकालाई जानकारी दिएर गरेको इजरायली अधिकारीहरूले जनाएका छन्। यस आक्रमणबारे अमेरिकालाई पहिल्यै जानकारी दिइएको थियो।
कतारका विदेश मन्त्रालयले प्रहारलाई ‘कायरतापूर्ण’ भन्दै यसले ‘अन्तर्राष्ट्रिय कानुन र मान्यताहरूको ठाडो उल्लङ्घन’ गरेको टिप्पणी गरेको छ।