अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो र यसका नीतिहरूले विश्वव्यापी व्यापार, लगानी र आर्थिक स्थिरतामा गहिरो प्रभाव पार्छ । हालैका वर्षहरूमा विशेषगरी डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल (२०२५) मा लागू भएका कर नीतिहरूले विश्वभर तरङ्ग पैदा गरेका छन् । यी नीतिहरूले आयातमा उच्च भन्सार शुल्क, अनुदान कटौती र आन्तरिक राजस्व वृद्धिलाई प्राथमिकता दिएका छन् । यस्ता नीतिहरूले अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउने दाबी गरिए पनि, तिनले विश्वव्यापी आपूर्ति शृङ्खला, विकासशील देशहरू र नेपालजस्ता साना अर्थतन्त्रहरूलाई जटिल चुनौती सिर्जना गरेका छन् ।
अमेरिकी कर नीतिका प्रमुख विशेषता
हालैका अमेरिकी कर नीतिहरूले निम्न क्षेत्रहरूमा जोड दिएका छन् :
उच्च भन्सार शुल्कः चीन, मेक्सिको, र क्यानडाबाट आयात हुने सामानहरूमा १०–२५ प्रतिशत भन्सार शुल्क लागू गरिएको छ । ८०० अमेरिकी डलरभन्दा कम मूल्यका सामानहरूमा भन्सार छुट हटाइएको छ, जसले ई–कमर्स कम्पनीहरू (जस्तै शिन र टेमु) लाई ठूलो झटका दिएको छ ।
अनुदान कटौती : मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) जस्ता वैदेशिक अनुदान कार्यक्रमहरू बन्द गर्ने घोषणा गरिएको छ, जसले नेपालजस्ता देशहरूलाई प्रत्यक्ष असर पारेको छ ।
आन्तरिक कर सुधार : कर्पोरेट कर दरहरू कम गर्ने र धनी व्यक्तिहरूका लागि कर छुटहरू बढाउने नीतिहरूले अमेरिकी उपभोक्ता खर्चलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ, तर यसले असमानता बढाएको छ ।
चिनियाँ विद्वान् छन सोË आफ्नो भनाइ यसरी राख्छन्–“अमेरिकी भन्सार कर नीतिले अरूको नोक्सानसँगै आफ्नो पनि अहित गर्नेछ । केही समययता अमेरिका सरकारले ‘राष्ट्रिय सुरक्षा वा व्यापार असमानता’ भन्दै अनियन्त्रित रूपमा भन्सार कर बढाई विश्वभरका व्यापार साझेदारसँग ‘बराबर भन्सार कर’ अझ बढी उठाउन लागेको छ । यसबाट वित्तीय व्यापार बजारमा ठूलो विश्वव्यापी तरङ्क उत्पन्न भएको छ । अमेरिकाको यो कदमले नियममा टिकेको बहुपक्षीय व्यापार व्यवस्था भङ्ग भएको छ । र स्वयं अमेरिकी अर्थतन्त्रमा ठूलो प्रतिकूल असर ल्याएको छ । तथ्याङ्क र प्राज्ञिक अनुसन्धानका दृष्टिकोणबाट हेर्दा अमेरिकी भन्सार कर नीति आप्mनो लक्ष्य प्राप्त गर्न असमर्थ रहने मात्र होइन, त्यसले अमेरिकी आन्तरिक अर्थतन्त्रको समस्यालाई समेत बढाइदिएको छ । त्यसबाट अरूको नोक्सान आफ्नो पनि अहितको अवस्था आएको छ ।
अमेरिकी ह्वाइट हाउसको सरकारी वेबसाइटमा अप्रिल १६ मा नयाँ अपडेट गर्दै भनिएको छ–“चीनले प्रतिशोधात्मक कदम चालेको हुनाले अमेरिकाले चिनियाँ मालसामानमाथि भन्सार कर बढाएर २४५ प्रतिशत पु¥याएको छ ।” सन् २०१९ मा फेडरल रिजर्भ र कोलम्बिया युनिभर्सिटी आदि निकायको संयुक्त अनुसन्धानको परिणामले बढाएको भन्सार करको ९० प्रतिशतभन्दा बढीको मूल्य अन्ततोगत्वा अमेरिकी आयातकर्ता व्यापारीहरू र उपभोक्ताहरूले बेहोर्ने हो । अमेरिकी नेशनल रिटेल फेडेरेशनको सन् २०२२ को प्रतिवेदनमा भनिएको छ–“भन्सार कर नीतिले अमेरिकी परिवारले प्रतिवर्ष औसत ७०० अमेरिकी डलर बढी खर्च गर्नुपरेको छ । यसको सबैभन्दा बढी भार मध्यम तथा न्यून आय भएका परिवारलाई परेको छ । भन्सार कर ८० प्रतिशतभन्दा बढी हुँदा ९९ प्रतिशत अन्तर्राष्ट्रिय व्यापार रोकिन्छ ।
अमेरिकाले असीमित भन्सार कर बढाउनुको एउटा उद्देश्य निर्माण उत्पादन व्यवसायलाई पुनः आफ्नो देश फर्काउनु र आर्थिक सुरक्षा भनिएको थियो । तर तथ्याङ्कबाट यस्तो प्रभाव नगण्यमात्र परेको देखिएको छ । बोस्टन कन्सल्टिङ ग्रुपको सन् २०२३ को प्रतिवेदनले जनाउँछ–सन् २०१८ देखि २०२२ सम्म अमेरिकी निर्माण उद्योगको वार्षिक औसत रोजगार वृद्धि दर सरकारले लक्ष्य राखेभन्दा धेरै कम ०.३ प्रतिशत मात्र थियो । निर्माण उद्योगको पुनरावृत्तिका निम्ति पूर्ण उत्पादन आवश्यक हुन्छ । लागत मूल्यको मात्र हिसाब गरेर पुग्दैन । अमेरिकामा उच्च श्रम–मूल्य छ । आधारभूत भौतिक संरचना पुराना भइसकेका छन् । वातावरणमा गम्भीर असर पर्नेछ । यी कुराले अमेरिकामा निर्माण उद्योगको पुनरावृत्तिका लागि ठूलो अवरोध खडा गरिदिएका छन् । त्यसैले अन्तर्राष्ट्रिय उद्योगहरूले दक्षिण–पूर्व एशिया, मेक्सिको आदि ठाउँमा आउट सोर्सिङ गरेर चीन–अमेरिका व्यापारिक तनावले ल्याएको अनिश्चितताबाट बच्ने प्रयास गरेका छन् ।
अमेरिकाले असीमित भन्सार कर बढाउनु, दबाब दिएर व्यापार साझेदारलाई आफ्नो आज्ञाकारी बनाउन खोज्नु हो । त्यसको उद्देश्य व्यापार साझेदारलाई संवादमा आउन दबाब दिएको हुन सक्छ । तर दीर्घकालीन रूपमा हेर्दा त्यसले बजारको नियम तोडेर विकृत बनाउने र अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने स्पष्ट छ । अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले अन्तर्वार्ता दिंदा चिनियाँहरूलाई ‘गाउँले’ भन्ने अनादरपूर्ण शब्द प्रयोग गरेपछि अमेरिकीलगायत विश्वका विभिन्न देशका जनताले आलोचना गरेका थिए । बिबिसीले युट्युबमा अमेरिकाको चीनप्रतिको भन्सार कर वृद्धिको समाचार धेरैपटक प्रसारण गरेको थियो । त्यसको कमेन्ट एरियामा चीनले अमेरिकी दबाबको विरोध गरेको थियो । त्यसलाई पहिलोपटक पूर्णरूपले समर्थन गरेको देखियो । यसबाट पनि अमेरिकी नीतिले अरू देशका जनताको मन जित्न नसकेको स्पष्ट हुन्छ । अमेरिकाको ‘बराबर भन्सार कर’ बढ्दै जान थालेपछि त्यसको प्रतिरोधमा चिनियाँ पक्षले आफ्नो अधिकार र हितको रक्षा गर्दै बहुलवादको संरक्षण गरेको छ ।
४० वर्षको सुधार तथा खुलापन नीतिका कारण भएको विकास र सञ्चयबाट चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भइसकेको छ । चीन विश्वमा संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका सबै प्रकारका उद्योग भएको एकमात्र देश हो । लगातार १५ वर्षसम्म निर्माण उद्योगमा विश्वको पहिलो देश रहँदै आएको पनि छ । चीनको व्यावसायिक व्यवस्था र उद्योगसँग सम्बन्धित अन्य क्षमता सशक्त छ । आर्थिक विकासको आधार मजबूत एवं स्थिर छ । चीनको जनसङ्ख्या १ अर्ब ४० करोड छ । बजार विशाल छ । प्रतिव्यक्ति जिडिपी १३ हजार अमेरिकी डलर नाघिसकेको छ । चिनियाँ समाज अहिले उपभोग क्षमताको स्तरोन्नतिको महŒवपूर्ण चरणमा पुगेको छ । बजार वृद्धिको पनि राम्रो सङ्केत देखिएको छ । लगानी र खपतको विशाल सम्भावनाले चिनियाँ अर्थतन्त्रको दिगो विकासलाई टेवा दिनेछ । उत्पादन व्यवसायमा उचित सहयोगात्मक संयोजनले गर्दा चिनियाँ उत्पादन वस्तुको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक शक्ति उच्च छ ।
केही वर्षदेखि चीन सक्रिय भई अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै विश्वका १५० भन्दा बढी देश र क्षेत्रको प्रमुख व्यापार साझेदार बन्न सफल भएको छ । यसबाहेक चीनले बिआरआई देशहरूबीच व्यापार बढाउँदै लगेको छ । यस वर्षको पहिलो तीन महीनामा बिआरआई अन्तर्गतका देशहरूसँग चीनको निर्यात पोहोरको सोही अवधिभन्दा ७.२ प्रतिशत बढेको छ । ती देशसँग आयात–निर्यात चीनको सम्पूर्ण आयात निर्यातको ५० प्रतिशत नाघिसकेको छ ।
उनको भनाइलाई अन्त गर्दै–“यसरी, बहुपक्षीय बजार सिर्जना हुँदैछ, यसको अर्थ चीनको कुनै एक देशमा मात्र निर्यात निर्भरता घट्दै गइरहेको छ । अमेरिकाले यसपटक भन्सार करको कचिंगल मचाउनु अघि नै त्यहाँ हुने निर्यात चीनको कुल निर्यातको १३ प्रतिशत मात्र थियो । अमेरिकाको आयात–निर्यात पनि कुल अन्तर्राष्ट्रिय व्यापारको १३ प्रतिशत मात्र छ । त्यसैले अमेरिकी पक्षले भन्सार कर बढाई ल्याएको नकारात्मक असरलाई प्रतिकार गर्ने चीन सरकार र चिनियाँ जनताको पूर्ण आत्मविश्वास र शक्ति छ।”
अब कुरा गरौ अमेरिकी सरकारको वर्तमान कर नीतिले विश्व बजारलाई कस्तो असर गर्नेछ :
विश्व अर्थतन्त्रमा प्रभाव
व्यापार युद्ध : चीन, युरोपेली सङ्घ, र अन्य देशहरूले अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाएका छन्, जसले विश्वव्यापी व्यापारमा तनाव सिर्जना गरेको छ । उदाहरणका लागि युरोपेली सङ्घले अमेरिकी स्टील र आल्मुनियममा २६ अर्ब युरो कर लगाउने घोषणा गरेको छ ।
मूल्यवृद्धिः आयातित सामानहरूको मूल्य बढ्दा उपभोक्ता खर्चमा वृद्धि भएको छ । अमेरिकामा कपडा १७ प्रतिशत र नयाँ कारको मूल्य ४,००० डलरले बढेको अनुमान गरिएको छ ।
आर्थिक मन्दी : विश्लेषकहरूले ट्रम्पको कर नीतिलाई अमेरिकी अर्थतन्त्र अप्रत्याशितरूपमा खुम्चिएको कारण मानेका छन्, जसले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ ।
नेपालमा प्रभाव
नेपाल एउटा सानो र आयातमा निर्भर अर्थतन्त्र भएको देश, अमेरिकी कर नीतिहरूबाट अप्रत्यक्षरूपमा प्रभावित भएको छ । प्रमुख प्रभावहरू निम्न छन्ः
निर्यातमा असरः नेपालले अमेरिकालाई गलैंचा, तयारी पोशाक, र हस्तकलाजन्य वस्तुहरू निर्यात गर्छ । उच्च भन्सार शुल्कले यी वस्तुहरूको माग घटाएको छ, जसले नेपाली निर्यातकर्ताहरूलाई नोक्सान पुर्याएको छ ।
आइटी क्षेत्रमा चुनौती : अमेरिकालाई मुख्य आम्दानीको स्रोत बनाएका नेपाली आइटी फर्महरू भन्सार शुल्क र व्यापार प्रतिबन्धबाट प्रभावित भएका छन् ।
वैदेशिक सहायता कटौतीः एमसिसी अन्तर्गत नेपालले प्राप्त गर्ने ७४.७ करोड अमेरिकी डलरको अनुदान बन्द हुने सम्भावनाले प्रसारणलाइन र सडक स्तरोन्नति परियोजनाहरू अनिश्चित भएका छन् ।
चुनौतीहरू र समाधान
अमेरिकी कर नीतिहरूले नेपालका लागि दीर्घकालीन चुनौती सिर्जना गरेका छन् । यी चुनौतीहरूको सामना गर्न निम्न कदम चाल्न सकिन्छः
निर्यात विविधीकरणः नेपालले आफ्नो निर्यात बजारको विविधीकरण गर्नुपर्छ र उच्च मूल्यका जैविक र हस्तकला उत्पादनहरूमा जोड दिनुपर्छ ।
आन्तरिक उत्पादन वृद्धिः आयातमा निर्भरता कम गर्न स्थानीय उत्पादन र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्छ । कूटनीतिक पहलः नेपालले अमेरिकासँग द्विपक्षीय सम्झौतामार्फत व्यापार र सहायता सम्बन्ध बलियो बनाउनुपर्छ । डिजिटल अर्थतन्त्रः आइटी र डिजिटल सेवाहरू प्रवद्र्धन गरेर नेपालले अमेरिकी बजारमा नयाँ अवसर खोज्न सक्छ । आप्रवासन र रेमिटेन्सः अमेरिकामा रहेका नेपाली आप्रवासीहरू (टिपिएस धारकहरू) ले अमेरिकी अर्थतन्त्रमा योगदान पुर्याए पनि, कडा आप्रवासन नीति र आर्थिक दबाबले रेमिटेन्समा कमी आउने जोखिम छ ।
निष्कर्ष
अमेरिकी कर नीतिहरूले विश्व अर्थतन्त्र र नेपालमा जटिल प्रभाव पारेका छन् । यी नीतिहरूले व्यापार, वैदेशिक सहायता र रेमिटेन्समा चुनौती ल्याए पनि, नेपालले रणनीतिक कदम चालेर यी प्रभावहरूलाई न्यून गर्न सक्छ । निर्यात विविधीकरण, आन्तरिक उत्पादन वृद्धि, र वैकल्पिक बजारको खोजीले नेपाललाई यो परिवर्तनशील आर्थिक परिदृश्यमा बलियो बनाउन सक्छ । अन्ततः नेपालले आफ्नो आर्थिक नीति लचिलो र आत्मनिर्भर बनाएर अमेरिकी कर नीतिका नकारात्मक प्रभावहरूलाई अवसरमा बदल्न सक्छ ।