नेपालको राजनीतिक परिदृश्यमा फेरि एकपटक तीव्र बहस शुरू भएको छ । एकातिर डलरको आडमा देशलाई शोषण गर्ने भ्रष्ट नेतृत्वको वास्तविकता उदाङ्गो बन्दै गएको छ भने अर्कोतिर, पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको पछिल्लो अभिव्यक्तिले नयाँ तरङ्ग पैदा गरेको छ । यी दुई परिदृश्यको समीक्षा गर्नु आजको समयको माग हो ।
डलरवादी भ्रष्टाचारः नेपाली जनताले कहिलेसम्म सहने ?
नेपालमा बाह्य शक्तिहरूको प्रभाव झन् बढ्दै गएको छ । अनुदान, ऋण र वैदेशिक सहयोगको नाममा देशको सम्प्रभुतामा आँच आउने कार्य भइरहेका छन् । कतिपय नेताहरू विदेशी शक्तिसँग साठगाँठ गरी व्यक्तिगत स्वार्थको लागि देशको स्रोतसाधन लुटिरहेका छन् । जनता भोकै छ, युवा विदेश पलायन भइरहेका छन्, तर डलरको खेती गर्ने केही नेताहरू विलासी जीवन बिताइरहेका छन् ।
नेपालमा राजनीतिक अस्थिरता बढाउनु, जातीय तथा धार्मिक वैमनस्यता फैलाउनु र देशलाई सधैं अस्थिर राख्नु नै यी भ्रष्ट तŒवहरूको रणनीति रहँदै आएको छ । यसै कारण जनता अब विकल्प खोज्न बाध्य भएको छ ।
२००८ मा नेपाल गणतन्त्र बनेपछि राजतन्त्र उन्मूलन भयो । तर, पूर्वराजा ज्ञानेन्द्र शाहले केही वर्षयता राजनीतिक सक्रियता बढाउँदै विभिन्न सार्वजनिक मञ्चहरूबाट आप्mनो विचार राख्दै आएका छन् । हालै उनले ‘राष्ट्रिय एकता आवश्यक’, ‘वर्तमान राजनीतिक अराजकता’ र ‘राजतन्त्रको ऐतिहासिक भूमिका’ जस्ता विषयमा टिप्पणी गरेका छन् । उनको यो बोलीले राजतन्त्र फिर्ता गर्ने माग गर्ने समूहहरूलाई प्रोत्साहन दिंदैछ भन्ने आरोप छ । उनको बयानलाई एकतर्फ राजतन्त्र समर्थकहरूले ‘राष्ट्रिय पुनर्निर्माणको आह्वान’ भनेर स्वागत गरेका छन् भने अर्कोतर्फ गणतन्त्र समर्थकहरूले यसलाई ‘प्रजातन्त्रविरोधी साजिश’ को रूपमा लिएका छन् ।
ओहो १ वंशजका नाताले नेपाली नागरिकता लिएकाहरूले विदेशीहरूबाट, खासगरी अमेरिकाबाट, करोडौंकरोड डलर हसुर्नसम्म हसुरेका रहेछन् । अमेरिकामा बसेर आप्mनो ज्यान पालिरहेका टङ्क दाहाल नामका एक युवकले डलर कुन–कुन शीर्षकमा डकारिएको र डकार्नेहरू कुन–कुन व्यक्ति र संस्था हुन् भनी छर्लङ्ग पारिदिएका छन् । ती लाज र घिन पचेकाहरूको नाम उल्लेख गर्नुभन्दा अब के हुन्छ भन्नेतर्फ चर्चा गर्दा कल्याण होला भन्ने ठानिएको छ ।
कुन नागरिकले के काम गरिरहेको छ र त्यसको परिणाम भविष्यमा केसम्म हुन सक्छ भन्नेतर्फ राज्य चनाखो नहुँदा नेपालका टाठाबाटाहरू जो राजनीतिक दलका सदस्य छन्, एनजिओ र आइएनजिओमा काम गर्छन् र अघिल्लो अनुहार समाजसेवीको रूपमा समेत प्रस्तुत गरेका छन्, तिनले नेपालको गरीबी घटाउने शीर्षकमा करोडौं रकम ल्याए र काम देखावटी गरे । औपचारिकता पूरा गरे र रकम लुँड्याए । वनजङ्गल संरक्षणका लागि अमेरिकाले पैसा दियो । त्यो पैसा हजम गरे । जङ्गली जनावर संरक्षणका लागि पनि डलर दियो । त्यो पनि मिलेर खाए । अनेक रोग पत्ता लगाउन, उपचार गर्न र औषधि खरीद गर्न पैसा आयो, सक्नेले खाए । स्वास्थ्य क्षेत्रमा केही भएन । भयो भनौं भने सामान्य कनिका छराइ भयो ।
डिजास्टर मेनेजमेन्ट अर्थात् प्राकृतिक प्रकोपबाट हुने क्षति नियन्त्रणका लागि पनि अमेरिकाले ठूलै रकम दिएको रहेछ । प्राकृतिक प्रकोप नियन्त्रणका लागि निकै ठूलो काम गरेको देखाउन डलर हजमकर्ताहरूले बाढीपहिरो र भूकम्पले पु¥याएको क्षतिको फोटो खिचे, मिति नयाँ हाले र काम गरेको भन्दै तिनै फोटा प्रमाणको रूपमा पेश गरे । अमेरिकाले दिएको डलरकै बलमा पहाडी जिल्ला पुग्न प्लेन चढे, खाए, रमाए र डलर गोजीमा हाले । यो वा त्यो पेशा हुनेले डलर डकारे भन्नै परेन, अप्रत्याशित आम्दानी गरेकाहरूको आँगनमा नयाँ गाडी उभिए, शानशौकत बढेको देखियो, शक्तिशाली र धनीले बिचरा गरीब नेपालीको नाममा दिएका रकम खर्लप्पै खाए । नाम गरीबको भज्यो, खाने काम लाज पचाएकाहरूले गरे । एनजिओ र आइएनजिओको नाममा विदेशीले पैसा दिने, नेपाली दलालहरूले खाने र गरीब नेपालीको नाम बेचिने प्रक्रिया सत्र–अठार वर्ष अघिदेखि जोडदाररूपमा अघि बढेको अध्ययनशील नेपालीहरूलाई थाहा थियो, तर तैं चुप मैं चुप चाहिं किन भए त्यो भने एक प्रकारले रहस्यमय छ ।
अमेरिकामा डेमोक्रेटहरूले जित्दा र रिपब्लिकनहरूले जित्दा शासनशैलीमा खासै परिवर्तन आएको देखिन्थेन, तर यसपटक डोनाल्ड ट्रम्पले उत्पातको नयाँ निर्णय गरे । दुनियाँभरिमा विकास निर्माण, सहयोग र मानव अधिकार रक्षा शीर्षकमा अमेरिकाले बाँड्दै आएको रकम रोकिदिए । यो निर्णयले लाभ्रेकीराले खाएको पाराले खाएर मात्रै बस्ने, गर्न चाहिं केही नगर्ने नेपालजस्ता केही अन्य परनिर्भर मुलुकका भ्रष्टहरूलाई पर्नसम्म पीर प¥यो । निरन्तर खाइरहेको अवस्थामा झ्याप्पै खानेकुरा बन्द हुँदा मान्छे कति आत्तिन्छ, त्यही अवस्थामा फोकटमा खानेहरूको दानापानी यसपटक हरियो । अर्थात्, अरू देशका अमेरिकी डलर हजम गर्ने दलालहरू त रुने अवस्थामा पुगे–पुगे, नेपालीहरू जो त्यस्तै क्रियाकलापमा संलग्न थिए, तिनको समेत हावा फुस्कियो । अहिले एनजिओ र आइएनजिओवाला नीलो प्लेटका गाडीहरू सडकमा भेटिन छाडेका छन् । ठूला घरका कम्पाउन्डभित्र थन्किएका नीलो प्लेटका गाडी पनि अब घाँडो हुने अवस्था सिर्जना भएको छ । न कसैलाई बिक्री गर्नु न कबाडमा लगेर मिल्काउनु, न भाडा तिरेर राखिरहनुको अवस्था कम्ता दयनीय अवस्था होइन ।
अमेरिकीहरूको आँखा छलेर डलर खानेहरूले पन्ध्र हजार पर्ने प्mल्याटलाई ४५ हजार तिरेका थिए । अहिले तिनै घरवालाहरू डलरवालाले छाड्ने भएपछि पन्धै्र हजारमा दिन तयार छन्, तैपनि भाडामा लिन आउने मान्छे भेटिएका छैनन् । अचम्मको रमाइलो त के देखियो भने विदेशी रकम, खासगरी अमेरिकी डलरमा मस्ती गर्नेहरू हिजोआज घरबाट बाहिर निस्कनसमेत धक मानिरहेका छन् । हिजोको शानशौकत अकस्मात् खोसिंदा कसको मन नरुँदो हो !
हुन त, बेइमानी गरेर लुट मचाउँदै डलरमाथि डान्स गर्नेहरूको एक प्रकारको स्वर्ग लुटिंदा नेपालीहरूलाई पनि मर्का त परेकै छ । डलरे काजीहरूले कमाएका दाम नेपाली बजारमैं प्रयोग भएको थियो । साना–साना चिया पसलेदेखि ठूला–ठूला सपिङ मलले पनि व्यापार गर्न पाएका थिए । साना–ठूला कम्पनी र बंंैकहरूलाई पनि नोट गन्ने अवसर मिलेकै थियो, तर अब डोनाल्ड ट्रम्पले दानापानी रोकिदिएपछि यता नेपालका गाउँदेखि शहरसम्म त्यसको नकारात्मक असर देखिन थालेको छ ।
यो एउटा कोणबाट हेर्दा नेपाललाई मर्का परेको हो, तर अर्को कोणबाट हेर्दा नेपाललाई यो एउटा सुनौलो अवसर पनि साबित भएको छ । सधैंभरि अर्काले दिने अनि विनामेहनत र परिश्रम खाने लाभ्रेकीराहरूलाई अब काम गरेर खान, मुलुकभित्रै उत्पादन बढाउन, बाध्यकारी शिक्षा, यो डलर थुन्न अमेरिकी निर्णयले दिएको छ, जुन भविष्यमा नेपालका लागि उत्तम साबित हुनेछ । यही मेसोमा डोनाल्ड ट्रम्पले गैरकानूनीरूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरूलाई लखेट्ने प्रक्रिया आरम्भ गरेका छन् । एक हजारदेखि पन्ध्र सयबीचको नेपाली संख्यालाई ट्रम्पले नेपाल पठाउने भएका छन् । राम्रो हुनेछ, यो निर्णय नेपालका लागि बिलकुल हितकर साबित हुनेछ । आप्mनै देशमा बसेर उत्पादन कार्यमा सरिक हुन अब ती फर्किने नेपालीहरूलाई बाध्यता हुनेछ । खाली भएका गाउँबस्ती फेरि हराभरा हुनेछन् । अब आशावादी हुनुपर्छ कि अमेरिकाले मात्रै होइन, युरोप र एशियाका धनी देशहरूले नेपालीलाई कानूनी वा गैरकानूनीरूपमा बस्न दिएका छन्, ती सबै राष्ट्रले नेपालीलाई नेपाल फर्काउनुपर्छ । यदि त्यसो हुन सक्यो भनेमात्र नेपाल कृषि, उद्योग र व्यापारमा आत्मनिर्भर हुन सक्छ र मागेर खाने प्रवृत्ति अन्त्य हुन्छ । अहिले अमेरिकी शासनशैलीमा आएको परिवर्तनले नेपालको झन्डै आधाआधी सामाजिक र आर्थिक गतिविधिमा प्रभाव परिसकेको छ भने यसले नेपालको राजनीतिलाई पनि सामान्य धक्का दिइसकेको छ ।
अहिले अमेरिकी निर्णयको चौतर्फी प्रभाव नेपालमा परेकै बखत पूर्वराजा ज्ञानेन्द्रले अब गणतन्त्रवादी राजनीतिक दलहरूले मात्रै यो मुलुकको अस्तित्व धान्न नसक्ने बताउँदै आप्mनो उपस्थिति राजाको रूपमा अनिवार्य भएको र त्यसका लागि समय आइसकेको भन्दै जनताको साथ र समर्थन खोज्नुले नेपालको राजनीति पूरै तरङ्गित भएको छ । कुनै न कुनै रूपको राजा रहने विषयमा विगतमा राजनीतिक दलहरू र राजाबीच लिखित सहमति भएको कुरा राजाकै तर्फबाट व्यक्त गरिनु र जिम्मेवार राजनीतिक दलहरूले त्यसको खुलेर प्रतिवाद गर्न नसक्नुलाई राजनीतिक विश्लेषकहरूले अचम्म मानेका छन् ।
अहिले नेपाली समाज राजा फर्किन्छन् वा फर्किन्नन् भन्ने बहसमा उत्रिएको छ । एकथरी राजा फर्किए अहिलेको भद्रगोल अवस्थाको अन्त्य हुने बताउँछन् भने अर्काथरी यिनै राजा पहिले थिए र राजा हुँदा के प्रगति र विकास भएको थियो भन्ने प्रश्न गर्दैछन् । राजा हटेको सोह्र वर्षमा मुुलुक अझै तल झरेको आरोप लगाएर एकथरीले राजा आए कम्तीमा मुलुकमा अनुशासन कायम हुने र भ्रष्टाचार कम हुने विश्वास गर्दैछन् भने अर्काथरी फेरि राजा ल्याउने काम भनेको उल्टो हिंड्ने काम हो, जुन कदापि ठीक नहुने बताउँदै छन् । एकथरी मानिस नेपालको राजनीतिमा छिमेकी राष्ट्र भारतको प्रभाव सधैं रहेको र पहिले राजा हटाउन भारतको सहयोग रहेको र अहिले दलहरूसँग रुष्ट भएको हुँदा फेरि एकपटक भारत नै राजा फर्काउन इच्छुक रहेको पनि बताउँदै छन् । यदि साँच्चै भारतले पनि राजातर्फ हरियो झन्डा देखाएको हो भने अर्को छिमेकी चीनले जहिलेसुकै आन्तरिक मामला बताउँदै आएको र अहिले पनि त्यही प्रतिक्रिया दोहो¥याउने सम्भावना देखिन्छ ।
विश्व शक्तिमान अमेरिका अहिलेका शासकहरूसँग चिढिएको, भारतले नेपाली परराष्ट्रमन्त्रीलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्ने तर एकै महीनापछि भेट गर्नै नमानेको अवस्थालाई नेपालका दलहरू कमजोर भएको मान्ने हो भने राजावादीहरू यही मौकामा राजा फर्काउने कसरतमा लाग्नुलाई अचम्म मान्नुपरेन । तर, पूर्वराजा तथा उनका मतियार र इतर शक्तिले के चाहिं बुझ्न जरुरी छ भने राजा रहने र नरहने विषय केवल नेपाल र नेपालीको हो । छलफल र बहसबाट यो विषय टुङ्गिन सक्छ । आर्थिकरूपले अघि बढ्न नसकेको मुलुक फेरि राजनीतिक विवादमा फस्यो भने त्यो जतिको नोक्सान अरू केही हुनेछैन ।
नेपालको वर्तमान राजनीतिक सङ्क्रमणकालीन अवस्थामा यी दुवै घटनाहरूले राष्ट्रिय एकता, शासनका प्रति जवाफदेहीताको माग, र ऐतिहासिक पृष्ठभूमिको द्वन्द्वलाई उजागर गरेका छन् । यसले नेपाली समाजलाई भ्रष्टाचारविरुद्ध सचेत रहन र राजनीतिक परिवर्तनको दिशा स्पष्ट गर्न जोड दिन्छ ।
निष्कर्षः
नेपालको वर्तमान राजनीतिक सङ्क्रमणकालीन अवस्थामा यी दुवै घटनाले राष्ट्रिय एकता, शासनप्रति जवाफदेहिताको माग र ऐतिहासिक पृष्ठभूमिको द्वन्द्वलाई उजागर गरेका छन् । यसले नेपाली समाजलाई भ्रष्टाचारविरुद्ध सचेत र राजनीतिक परिवर्तनको दिशा स्पष्ट गर्ने आवश्यकतामा जोड दिन्छ