सर्लाही । शिक्षा विकास तथा समन्वय इकाई, सर्लाहीले विज्ञान प्रदर्शनी मेलामा सहभागिता जनाउन जिल्लाका विद्यालयहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ। युनेस्को नेपाल राष्ट्रिय आयोग र बलरा नगरपालिकाको संयुक्त आयोजनामा हुने यस मेलामा विद्यालयहरूले २०८१ कार्तिकको अन्तिम साताभित्र आफ्ना प्रोजेक्टहरू प्रदर्शन गर्नेछन्।
प्रमुख बुँदाहरू: सहभागी विद्यालयको छनोट : प्रस्तावनाको आधारमा विद्यालय छनोट युनेस्को, शिक्षा विकास तथा समन्वय इकाई र बलरा नगरपालिकाको समन्वयमा हुनेछ। कक्षा ६ देखि १२ सम्मका निजी र सामुदायिक विद्यालयहरूले सहभागी हुन पाउनेछन् ।
प्रस्ताव पेस गर्ने मिति : इच्छुक विद्यालयहरूले २०८१/०७/०४ भित्र प्रस्ताव पेस गर्नुपर्नेछ, र छनोट प्रक्रिया २०८१/०७/०५ मा टुङ्गो लगाइनेछ।
सहभागी सङ्ख्या : प्रत्येक विद्यालयबाट एक जना विज्ञान शिक्षक र अधिकतम पाँच विद्यार्थी सहभागी हुन पाउनेछन्। आधारभूत र माध्यमिक तहका विद्यालयहरूबिच अलग प्रतियोगिता हुनेछ।
विज्ञान प्रदर्शनी स्थल र मिति
स्थान: श्री जनता नमुना माध्यमिक विद्यालय, बलरा नगरपालिका-८, गडहिया डुमरिया, सर्लाही
मिति: कार्तिकको अन्तिम सातामा (मिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा तय हुनेछ)।
पुरस्कार र प्रोत्साहन
आधारभूत तहका विजेताहरू: युनेस्कोबाट तोकिएको पुरस्कार र प्रमाणपत्र।
माध्यमिक तहका विजेताहरू: प्रथम: रु ३०,०००, द्वितीय: रु २५,०००, तृतीय: रु २०,०००, दुई सान्त्वना पुरस्कार: जनही रु १०,०००
छनोट भएका विद्यालयहरूले स्टल निर्माणका लागि रु ५,००० व्यवस्थापन खर्च प्राप्त गर्नेछन् ।
सम्पर्क जानकारी
प्राविधिक सहायक: सुनिल कुशवाहा
सम्पर्क स्थान: शिक्षा विकास तथा समन्वय इकाई, सर्लाही
ईमेलः [email protected], [email protected], [email protected]
प्रदर्शनीका विधाहरू : विद्यार्थीहरूले वैज्ञानिक सिद्धान्त, आविष्कार र नवीन प्रविधिका प्रोजेक्टहरू प्रदर्शन गर्न सक्नेछन्।
मुख्य विषयहरूमा: ग्लोबल वार्मिङ र जलवायु परिवर्तन, वैकल्पिक ऊर्जा (सौर्य, जल र वायु ऊर्जा), रोबोटिक्स र स्वचालन प्रणाली, जीवविज्ञान, रसायन विज्ञान र भौतिक विज्ञानका प्रयोगहरू, अन्तरिक्ष विज्ञान र ग्रहहरूको अध्ययन
आयोजकहरूको उद्देश्य : मधेस प्रदेशका इन्जिनियरिङ र विज्ञान कलेजहरू पनि मेलामा आफ्ना स्टल राख्न पाउनेछन्। प्रदर्शनीले विद्यार्थीहरूको रचनात्मकता र वैज्ञानिक सोचलाई प्रोत्साहन गर्दै व्यावहारिक ज्ञानलाई जीवन्त बनाउन र प्रतिभावान् विद्यार्थीहरूको पहिचान गर्न सघाउनेछ।
प्रस्तावनाहरूको आधारमा छनोट गरिएका विद्यालयहरूले स्टल निर्माण प्रदर्शनीअघि नै पूरा गर्नुपर्नेछ। अन्य शिक्षण संस्थाहरूले भने प्रतियोगितामा भाग नलिएर प्रदर्शनीमा मात्र स्टल राख्न सक्नेछन्।